नेपाली फिल्म  ‘प्रेम गीत ३’ भारतमा पनि रिलिज हुने भएको छ। नेपाल र भारतमा एकसाथ रिलिजका लागि निर्माण युनिटले फिल्मलाई हिन्दी भाषामा डबिङ गराएका छन्।

फिल्मको हिन्दी भाषामा डबिङ बाहुबलीका कलाकारहरुले गरेको निर्देशक सन्तोष सेनले बताएका छन्। सेनले फिल्मको हिन्दी भाषामा डबिङ्ग सकिएको जानकारी दिए।

डबिङको क्रममा बलिउड कलाकारले फिल्मको प्रशंसा गरेको सेनले बताए। उनीहरुले फिल्मको कथाअनुसार लोकेशन र कलाकारको अभिनयले फिल्मलाई सफल बनाउने दावी समेत गरेको सेनको भनाई रहेको छ।

२०० सय वर्ष अघिको प्रेम काहानीलाई पर्दामा उतारेको फिल्म स्वर्गीय छेतन गुरुङ्ग र सन्तोष सेनले संयुक्तरुपमा निर्देशन गरेका छन्।

छेतेन गुरुङ र मन्दिप गौतमको लेखक रहेको फिल्मका निर्माता सन्तोष सेन  र सहनिर्माता कुमार सान शाह र ओएसआर डिजिटल छन्।

फिल्ममा प्रदीप खड्का, कृष्टिना गुरुङ, सुनिल थापा, शिव श्रेष्ठ, सन्तोष सेन, माओत्से गुरुङ, प्रेम पुरी, नवनायक मनिष रावत, अनुभव रेग्मी, सुजल बस्नेत, सम्वृद्धि शाही ठकुरी, योगिसा खत्री, लक्ष्मी बर्देवा, क्रिजल गौतम लगायतका कलाकारको मुख्य भूमिका छ। फिल्म कोरोनाको कहर हटेपछि प्रदर्शनमा आउनेछ।

आफ्नो प्रतिक्रिया लेख्नुहोला