अमेरिकाले ७५ वर्ष अगाडि दुई जापानी सहर हिरोशिमा र नागासाकीमा अगस्ट ६ र ९ मा परमाणु बम खसालेपछि त्यसले द्वितीय विश्वयुद्धलाई समाप्तितिर मोडेको थियो।

परमाणु बमले कतिको मृत्यु भयो भन्ने तथ्याङ्क अनुमान मात्रै हो। तर हिरोशिमाका ३५०,००० जनसङ्ख्यामध्ये १४०,००० र नागासाकीमा कम्तीमा ७४,००० मानिस मरेको बताइन्छ।
बमको विकिरिणको असरका कारण हप्तौँ, महिनौँ र वर्षौँपछि पनि मानिसहरू विभिन्न रोगले मरेका थिए।
बम विस्फोटपछि एशियामा युद्ध समाप्त भएको थियो र जापानले सन् १९४५ अगस्ट १४ मा आत्मसमर्पण गरेको थियो।
आलोचकहरू बम खसाल्नु अगाडि नै जापान समर्पण गर्ने अवस्थामा पुगिसकेको बताउँछन्।

सन् १९४५ मे ७ मा युरोपमा युद्ध सकिएको थियो र जापानलाई जुलाई २८ सम्म समर्पण गर्ने समयसीमा तोकिएको थियो।
ब्रिटेन र कमनवेल्थ राष्ट्रका ७१,००० सैनिक जापानसँगको युद्धमा र थप १२,००० जापानी नियन्त्रणमा मरेको अनुमान गरिन्छ।
अगस्ट ६ मा बिहान ८:१५ मा ‘इनोला गे’ नामक अमेरिकी बी-२९ विमानले हिरोशिमामा परमाणु बम खसालेको थियो।

युद्धमा परमाणु बम प्रयोग गरिएको यो पहिलो घटना थियो।
हिरोशिमामा खसालिएको ‘लिटल बोइ’ नामक बममा लगभग १५,००० टन विस्फोटक पदार्थको शक्ति थियो र यसले १३ वर्गकिलोमिटर क्षेत्रलाई ध्वस्त पार्यो।

तर हिरोशिमामा बम खसालेपछि पनि जापानले आत्मसमर्पण गरेन।
तीन दिनपछि फेरी अमेरिकाले नागासाकीमा ११:०२ बजे अर्को परमाणु बम खसाल्यो।

यो इतिहास कै डरलाग्दो घटना मध्ये एक हो यसपछि धेरै वर्षसम्म मानिसहरु अपांग जन्मिएको थिए ।र अहिले पनि त्यो ठाउँमा मानिसहरु त्यस्तै जिन्मिनछ्न ।