कोभिड-१९ का कारण मृत्यु भएका बिरामीको शव पशुपति क्षेत्रस्थित शवदाहगृहमा पुर्‍याएर फर्किँदै शववाहनका एक चालकनेपालमा कोभिड -१ हुनेशिक्षण र कोरोनाभाइरस स्याट्रष्टका कारण मृत्यु हुन सन्तुष्ट बढ्दो भयो।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमवार अपराह्ण प्रकाशित गरेको तथ्याङ्कमा सर्वाधिक दैनिक सङ्क्रमण र मृत्यु भएको विवरण छ।

काठमाण्डू उपत्यकाका सङ्क्रमित र मृतकको सङ्ख्या बढ्दा शव व्यवस्थापन र अन्तिम संस्कारको काम चुनौतीपूर्ण बन्ने देखिएको छ।

पहिला कोभिड-१९ भएर मृत्यु भएका व्यक्तिको पार्थिव शरीरलाई विद्युतीय शवदाहगृहमा जलाइने गरेकोमा यो सातादेखि वाग्मती नदीको किनारमा चिता बनाएर परम्परागत रूपमा जलाउन थालिएको छ।

पशुपति क्षेत्र विकास कोषका अनुसार शवदाहगृहमा भएका तीन वटामध्ये दुइटा उपकरण मात्र अहिले प्रयोगमा छन्।तेस्रो उपकरणको मर्मत हुँदै गरेको र चौथो जडान गर्ने योजना भएको बताइएको छ।

पशुपति क्षेत्र विकास कोषका अनुसार पशुपति क्षेत्रमा सोमवार ३७ वटा, आइतवार २६ वटा, शनिवार २३ वटा र शुक्रवार १६ वटा शवको अन्तिम संस्कार गरिएको थियो।कोभिड मृतकको अन्तिम संस्कारको कामका लागि जनशक्ति बढाइएको कोषले जनाएको छ।

गत वर्षदेखि नै कोभिड-१९ का कारण मृत्यु हुँदा शव व्यवस्थापन गर्न नेपाली सेना देशभरि नै परिचालित छ।
विद्युतीय शवदाहगृह र वाग्मती नदीको किनारमा गरेर दैनिक १०० वटासम्म शव जलाउन सकिने कोषका सदस्यसचिव प्रदीप ढकालले बताएका छन्।

आफ्नो प्रतिक्रिया लेख्नुहोला