१. म हात फैलाएर माग्ने हैन मेहनत गरेर केही कमाउन चाहान्छु किनकि मागेको चिज गुमाउनु पर्छ।

२. नतिजाको कुनै प्रवाह छैन मलाइ प्रायस गरिरहनुको पनि आफ्नो अलग मजा छ ।

३. कसैको रोजाइमा पर्ने पहिलो ब्यक्ति हुनु छैन मलाइ, जसले रोज्छ म त्यो ब्यक्ति को नै अन्तिम रोजाइ हुन चाहन्छु ।

४. ढिलो बन्छु तर केही बनेर देखाउछु किनकी समय संगै मान्छेहरु औकात सोध्ने रहेछन, हालखबर होइन।

५. यस्तै छु म, अरुले दिएको पीडा सहन सक्छु म तर अरुलाई पीडा दिन सक्दिन।

६. एक म छु जस्ले आज सम्म आफुले आफुलाई बुझ्न् सकेको छैन, अर्को तर्फ यो दुनिया छ जस्ले मलाई अनेक थरिबाट व्याख्या गर्छ।

जस्को मन सफा हुन्छ, प्राय उसैको भाग्य खराब हुन्छ।

७. मैले सोचेको थिए जिब्रोले लागेको चोट सबै भन्दा बढी खतरनाक हुन्छ तर होइन मौनताले पनि गहिरो चोट लागाउने रहेछ कहिलेकाहि।

८. म लडेको थिएन लडेको जस्तै गरे। मलाई उठाउने हातहरु भन्दा मुस्कुराउदै रमिता हेर्नेको भिड बढी देखे।

९. शिखर सम्म पुग्न चाहन्छु तर गलत बाटो बाट हिडु यति हतार पनि छैन ।

१०. एउटा बुन्द नै सहि यस्तो नियत देउ भगवान कि कसैलाई प्यास देख्दा पानी बनु।

जिन्दगीबाट बस् यति कुरा सिकेको छु कि “जल्नु” कडा घाम मा तर आफ्नाहरु सित छाँया को “पर्खाल ” नमाग्नु ।

आफ्नो प्रतिक्रिया लेख्नुहोला