नाम – अल्बर्ट हर्मन आइन्स्टाइन
जन्म – उलमा (जर्मनी)
बुवा – हर्मन आइन्स्टाइन
आमा – पाउलीन कोच
पत्नी – पहिलो मारियाक र दोस्रो एलिसा लोवेन थाल।

आइन्स्टाइनले सापेक्षता को विशेष र सामान्य सिद्धान्तसहित धेरै योगदान दिए । उनको अन्य योगदानहरु मा- सापेक्ष ब्रह्माण्ड, केशिकीय गति, क्रान्तिक उपच्छाया, सांख्यिक मेकानिक्सका समस्याहरु, अणुहरु को ब्राउनियन गति, अणुहरुलाई उत्परिवर्त्तन संभाव्यता, एक अणुयुक्त ग्याँसको क्वान्टम सिद्धान्त, कम विकिरण घनत्वयुक्त प्रकाशको ऊष्मीय गुण, विकिरणको सिद्धान्त, एकीकृत क्षेत्र सिद्धान्त र भौतिकीय ज्यामितीकरण समाविष्ट छन ।

आइन्स्टाइनले पचास भन्दा बढी शोध-पत्र र विज्ञान भन्दा अलग किताबहरु लेखे । १९९९ मा टाइम पत्रिकाले उनलाई शताब्दी-पुरूष घोषित गर्यो । एक सर्वेक्षणका अनुसार उनलाई अहिले सम्मकै महान बैज्ञानिक मानिन्छ।

प्रारम्भिक जीवन
अल्बर्ट आइन्स्टाइनको जन्म १४ मार्च १९७९ मा जर्मनीको वुतटेमबर्गको एक यहूदी परिवारमा भएको थियो। उनका बुबा हर्मन आइन्स्टाइन र उनकी आमा पोलिन आइन्स्टाइन थिइन् । उनका बुवा एक ईन्जिनियर र सेल्समेन थिए। १८८० मा उनको परिवार म्युनिक शहरमा बसाई सरे जहाँ उनका बुवा र काकाले एलेक्क्रोटेक्निक फेब्रिक जे. आइन्स्टाइन एण्ड को. नाम गरेको कम्पनी स्थापना गरे । उक्त कम्पनीले विद्युतीय उपकरणहरू बनाउथ्यो।

अल्बर्ट आइनस्टाइन परिवार यहूदी धार्मिक परम्परामा विश्वास गर्दैनथे र त्यसैले आइनस्टाइन क्याथोलिक स्कूल पढ्न गए। विद्यालयमा हुने सुँगा रटाई पढाई आइन्स्टाइनलाई मन पर्दैनथ्यो । उनको विद्यालयको पढाईप्रतिको अरुचिले गर्दा अरु विद्यार्थीलाई पनि असर हुने डरले विद्यालयले उनलाई निस्कासन गरेको थियो । उनी अति भुलक्कड पनि थिए । आइन्स्टाइनको भुल्ने बानी देखेर मानिसहरु उनले जिन्दगीमा केहि गरि खान नसक्ने अनुमान गर्थे।

गणित तथा विज्ञानका प्रयोगात्मक कुरामा रुचि राख्ने आइन्स्टाइनले १२ वर्षको उमेरमै ज्यामिती सम्बन्धि विभिन्न किताब अध्ययन गरेर आफ्नो गणितीय तथा वैज्ञानिक शिक्षाको दायरालाई बढाएका थिए । उनीआफूभित्र उब्जिएका प्रश्नहरुको उत्तर खोज्न चाहन्थे तर स्कुलमा परिक्षामा आउने प्रश्नहरुको जवाफ
घोकाइन्थ्यो जसले गर्दा उनी विद्यालयको शिक्षाप्रति कहिल्यै आकर्षित भएनन्।
पछि 8 बर्षको उमेरमा उनी त्यहाँबाट लुइटपल्ड जिम्नासियम (हाल अल्बर्ट आइन्स्टीन व्यायामशाला) गए, जहाँ उनले माध्यमिक र उच्च माध्यमिक शिक्षा लिएका थिए।

सन १९९५ मा १६ वर्षको उमेरमा स्विजरल्याण्डको “फेडेरल इन्स्टिच्युट अफ टेक्नोलोजी”मा उनले भर्ना परिक्षा दिंदा उनि जीवविज्ञान , प्राणी विज्ञान र भाषामा फेल भए । पहिलो पटकको त्यो असफलता पछि उनले अर्को वर्ष दोश्रो पटक परिक्षा दिएर पास भए । त्यहाँको पढाई संगै उनि सन् १९०० मा स्विस नागरिक बने । शिक्षण पेशाबाट उनले व्यवसायिक यात्रा सुरु गरेका थिए ।

आइन्स्टाइन सधै विभिन्न खोज तथा अनुसन्धानमा लागिरहन्थे । उनलाई लेखिएका कुराहरु पढ्नेमा भन्दा बढी आफुमा उब्जिएका प्रश्नहरुको प्रयोगात्मक उत्तर भेटाउनुमा रुचि थियो । सन् १९०० मा उनले आफ्नो पहिलो वैज्ञानिक लेख प्रकाशन गरेका थिए। आइन्स्टाइनले १९०५ मा ” अ न्यु डिटरमिनेसन अफ मलिक्युलर ड़ाइमेंसंस” मा पी.एच .डि गरेका थिए । उनले विभिन्न पत्रपत्रिकाहरुको माध्यमबाट आफ्ना अनुसन्धानहरु प्रकाशन गरिरहन्थे । ती नयाँ -नयाँ अनुसन्धान गर्दा मानिसहरुले नपत्याउँद़ा पनि उनले कहिल्यै हार मानेनन् ।

आफ्नो कार्यमा उदास नभई निरन्तर लागिरहेका आइन्स्टाइनको कार्यबाट अन्तत: युनिभर्सिटी अफ जुरिच प्रभावित भई १९०९ मा उनलाई अनुबन्ध गर्यो । त्यसपछि उनले विभिन्न युनिभर्सिटीहरुमा प्रोफेसरको रुपमा काम पाए । यसैक्रममा उनि सन् १९१४ मा जर्मनीको भौतिक शास्त्रसम्बन्धि अध्ययन संस्थाको निर्देशकको रुपमा अनुबन्धित भए । जर्मनीमा उदाएको नजी पार्टीले उनको सम्पति जफत गर्नुका साथै उनका किताबहरु जलायो । त्यसपछि उनि अमेरिकाको प्रिन्सटन युनिभर्सिटिमा गए । उनले आफूलाई कुनै देशको भन्दा पनि विश्वको नागरिक मान्थे।

अमेरिकामा रहंदा आइन्स्टाइनले आफ्नो लागि व्यक्तिगत समय कहिल्यै निकालेनन् । उनि सधै अनुसन्धानमा व्यस्त रहन्थे र आफ्नो लवाई, चालचलनमा ध्यान दिंदैनथे । यहि लगावले नै उनले महत्वपूर्ण उपलब्धिहरु हात पारे । उनी सबैभन्दा बढी सापेक्षताको सिद्धान्त र द्रव्यमान-ऊर्जा समीकरण E = mc२ को लागि चिनिन्छन् । क्वान्टम सिद्धान्त, सापेक्षताको सिद्धान्त,एकिकृत भौतिक सिद्धान्त , सौर्य ग्रहण सम्बन्धि अनुसन्धान उनले विज्ञानलाई दिएका उपहारहरु हुन् । उनले प्रकाश-विद्युतीय असरबारे व्याख्या गरे। भौतिक विज्ञानमा उनको यो अमूल्य योगदान स्वरुप उनलाई विभिन्न पुरस्कारहरुले सम्मान गरियो । उनलाई सन् १९२१ को लागि नोबेल पुरस्कार प्रदान गरिएको थियो । १८ अप्रिल १९५५ मा भौतिक रुपमा संसारबाट बिदा भएपनि उनले दिएको योगदानले गर्दा उनि अमर छन् ।

मानिस कोहि पनि सर्वगुण सम्पन्न हुँदैन । एउटा कुनै काममा कमजोर सावित हुनुले आफू असक्षम मानिस भएको ठान्नु हुँदैन । आफूमा भएको विशेष रुचिलाई चिनेर काममा लाग्नुपर्छ र सधै याद गर्नुपर्ने कुरा, कोहि पनि मानिस एक दुई पटकको प्रयासले मात्र आफ्नो काममा सफल भएको हुँदैन ।

“लडेपछि यदि उठ्ने प्रयास गर्दैनौ भने मात्र तिमी असफल हुन्छौ “

हिड्ने लालसामा ताते -ताते गरिरहेको बालक , लड्छ, उठ्छ, फेरी लड्छ र फेरी उठ्छ । यो क्रम त्यतिन्जेल सम्म चल्छ जबसम्म ऊ हिड्न सक्षम हुँदैन । हिड्न सक्षम भैसकेपछि ऊ फेरी त्यसैगरि दुगुर्ने अभ्यास गर्छ । जब हामीले आफूले कुनै लक्ष्य सम्म पुग्ने सपना देख्छौं तब त्यसरी नै आफ्नो बाटो तय गर्यौं भने एकदिन अवश्य त्यो लक्ष्यलाई आफूसामू पाउनेछौं । त्यसैले त कुनै समय विद्यालयबाट निकालेका आइन्स्टाइन अहिले विद्यालयका पाठ्यक्रममा अनिवार्य जस्तै पढिन्छन् ।

1 COMMENT

आफ्नो प्रतिक्रिया लेख्नुहोला