जब बेन्जामिन फ्रेकलिन सात बर्षका थिए , तब उनी बाट एक गल्ती भयो । यो गल्ती उनलाई सत्तरी बर्षसम्म सम्झना रह्यो । सात बर्षको उमेरमा उनलाई एउटा सिठठी मन पर्यो । उनी यो सम्झेर यति रोमान्चित भय कि जब उनी खेलौनाको पसलमा छिरे तब उनले आफ्नो गोजीको सारा सिक्का काउन्टरमा राखिदिय र मुल्य नसोधी सिठठी दिन भने । उनले यो घटना सत्तरी बर्षपछि आफना मित्रलाई पत्रमा लेखे, ” सिठठी लिएर म घर आए र खुसी हुदै पूरा घरमा बजाँउदै बसे ।” तर जब उनका भाइबहिनीले उनले सिठठी आबश्यकताभन्दा बढी मूल्यमा किनेको कुरा थाहा पाए तब भाइबहिनीले उनको खिल्ली उडाए , जस्तो उनलेे भने , ” म रिसाएर रुन थाले ।”

बर्षाैपछी फ्रेकलिन बिस्वप्रसिद्ध राजनेता र फ्रान्सका राजदुत भय तब पनि उनले यो घटना बिर्सेनन । सिठठीको मुल्य धेरै तिर्नाको कारण उनी दुखी भएका थिए र उनलेे सिठठी बाट पाउनुपर्ने सुख अपेक्षाकृत कम पाय ।

यो घटनाले फ्रेकलिनलाई जुन पाठ सिकायो त्यो अन्त्यमा धेरै सस्तो थियोे । उनलेे भने ” जब म ठुलो भय र दुनियाँदारी देखे तब मानिसको काम देखेर म यस्तो नतिजामा पुगेकी धेरै मानिस आफ्नो सिठठीको मुल्य बढी चुकाउने गर्छन् । मलाई लाग्ने गर्छ धेरै मानिसको अधिकांश दु:खको कारण सामानको मूल्यको बारेमा गलत अनुमान लगाउनु हुन्छ । यहि कारणले उनीहरु आफ्नो सिठठी आबश्यकताभन्दा बढी मुल्य तिरेर किन्छन् ।

गिल्बट र सुनिवनले आफ्नो सिठठीको मुल्य आबश्यकताभन्दा बढी चुकाए । यहि यडिथ आणटिले पनि यस्तै गरिन । यहि डेल कारनेगिले गरे -कैयौं पटक । यहि कुरा लियो टाल्सटायले गरे , जसले दुनियाँका दुई महानतम उपन्यास वार एण्ड पिस अन्ना क्यारेनिना लेखे ।

त्यसैले मैले जिबनको हरेक प्रकारको समस्यामा सटप लस सिद्धान्त लगाउन सुरु गरे । मैले हरेक प्रकारको समस्या र द्रेषमा सटप लस अडर लगाए । यसले जादुले झै असर देखायो ।
” उदाहरणका लागि म धेरै जसो यस्ता साथीसंग लन्च गर्थे जो सायदै समयमा आइपुग्थे । पहिला त म आधाघन्टा सम्म रीसाउदै प्रखेर बस्थे अनि मात्र उनिहरु आउथे । अन्त्यमा मैले भने यसरी पर्खन सटप लस लगाउनु पर्छ । मैले भने , ” अबदेखि तिमिहरुलाई म दश मिनेट मात्र पर्खनेछु । यदि तिमिहरु दश मिनेट भन्दा ढिलो आउछौ भने म तिमिहरुलाई नपर्खी जानेछु ।”

मैले यस्तो पहिला नै गरेको भय सायद मैले आफ्नो अधिरता , आफ्नो स्वभाव , आफुलाई सहि साबित गर्ने आफ्नो इच्छा र आफ्नो अफसोच र आफ्नो मानसिक तथा भाबनात्मक तनावमा बर्सौ पहिला सटप लस अडर लगायको भय ! मलाई पहिले यति धेरै बुद्धि किन आयन जसबाट म हरेक स्थितिको विश्लेषन गर्न सक्ने थिए , जसबाट मेरो मानसिक शान्ति भंग हुने खतरा थियोे र फेरि आफैसंग भन्थे । हेर, बाबू , यो परिस्थितिमा यति मात्र चिन्ता गर्नु पर्छ , यो भन्दा धेरै होईन । मैले यस्तो किन गरिन ?

तपाईं हामी जो कोहिले पनि कहि कतै जिवनमा यस्तै गल्ती अवस्य गरेको हुनसक्छौ। यहाँ बेन्जामिन प्रेक्लिनले आफुले सानोमा गरेको गल्तीबाट धेरै कुरा सिके। उनले सिठ्ठिको मुल्य धेरै तिरेर गल्ती गरे, हामिले पनि तेहि गल्ती नगर्न सक्छौ तर तेस्तै गल्ती हज्जारौं गरेर पनि हामिलाई थाहा नहुन सक्छ। कुरा पैसाको मात्रै होईन, जे पनि हुन सक्छ। जस्तैः समय, जिबनको सबैभन्दा अमुल्य चिज। हामिले पनि आफ्नो गल्ती ठम्याइ त्यसबाट पाठ सिक्न एक दमै जरुरी छ।

1 COMMENT

आफ्नो प्रतिक्रिया लेख्नुहोला