28.1 C
Kathmandu
Wednesday, May 18, 2022
Home Blog

काठमाडौंका सबै ठाउँमा सीजी नेट, ६ सय ४९ मै पाइन्छ महिनाभरको इन्टरनेट

0

अबदेखि काठमाडौंका सबै ठाउँमा सीजी नेट जडान गर्न सकिने भएको छ । कम्पनीले काठमाडौं उपत्यकाको अधिकांश क्षेत्रमा सेवा विस्तार गरेसँगै यस्तो सुविधा उपलब्ध भएको हो ।

सीजी नेटका प्रमुख कार्यकारी अधिकृत सञ्जय पोखरेलले उपत्यकाका सबै क्षेत्रमा इन्टरनेट पुर्याउन कम्पनी सक्षम भएको जानकारी दिए । यससँगै काठमाडौंबासीले चाहेको समयमा इन्टरनेट जडान गर्न सक्ने उनले बताए ।

सीजी नेटले ९ सय ९९ रुपैयाँमा १२० एमबीपीएस गतिको इन्टरनेट उपलब्ध गराउँदै आएको छ । कम्पनीले पछिल्लो पटक मासिक ६ सय ४९ रुपैयाँमै ५० एमबीपीएसको सस्तो प्याकेज पनि सार्वजनिक गरिसकेको छ । नयाँ प्याकेज पछि बजारमा माग बढेको कम्पनीले जनाएको छ ।

सीजीले गत जेठदेखि काठमाडौंका सिमित क्षेत्रबाट आफ्नो सेवा सुरु गरेको थियो । अहिले ग्राहक सङ्ख्या १० हजार नाघिसकेको कम्पनीले जनाएको छ । सस्तो मुल्यमा तीव्र गतिको इन्टरनेट खोज्नेका लागि सीजी नेट सबैभन्दा उपयुक्त रहेको कम्पनीको दाबी छ ।

 

जाडोमा देखिने यस्तो स्वस्थ्य समस्या छ भने यो हेर्नुस्

0

उसो त जाडो मौसममा धेरैखाले रोगले निकै सताउँछन् । ज्वरो, टन्सिल, दम, मुटुमा समस्या, जोर्नीको दुखाइ आदि जाडोमा देखिने रोग तथा प्रमुख समस्याहरू हुन् । केही दिन अघिदेखी भइरहेको मौसमी परिवर्तन र उच्च हिमाली भेग वा माथिल्लो पहाडी भू–भागमा परेको हिमपातले अब केही समय जाडो अझै बढ्न सक्छ । यस अवस्थामा खासगरी बालबालिका, वृद्धवृद्धा, गर्भवती, दीर्घरोगी तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई चिसोले निकै सताउने गर्छ ।

कोरोना भाइरससंग मिल्दाजुल्दा लक्षण रहेको रुघाखोकी र ज्वरोको समस्या सिजन परिवर्तनको बेला प्रायःमा देखिन्छ । शरीरको प्रतिरोधक क्षमता कमजोर भएका व्यक्तिलाई मौसमी समस्याहरुले अझै बढी सताउन सक्छ । हावाको मध्यमबाट सर्ने यो भाइरस हाल देखा परिसकेको छ । समुदायमा छिट्टै संक्रमित गर्न सक्ने भएकोले जोखिममा रहेकाहरु चनाखो हुनुपर्छ । दम, उच्च रक्तचाप, मधुमेह, अंग प्रत्यारोपण गरेका, बालबालिका र वृद्धवृद्धाहरु यस भाइरसको जोखिममा पर्ने समूह हुन् । संक्रमित भैसकेको अवस्थामा अन्य मानिसभन्दा अलग्गै बस्ने, कम्तीमा १० दिन जति मानिसहरुसँग दूरी कायम राख्नुपर्छ । घरबाहिर निस्कँदा मास्क लगाउने र संक्रमित व्यक्तिबाट टाढा रहनुपर्छ ।

कोल्ड डायरिया

जाडो याममा बढी देखिने यो एक प्रकारको भाइरल डायरिया हो । पाँच वर्षमुनिका बालबालिकामा खासगरी रोटा भाइरस नामक किटाणुले बढी दुःख दिन्छ भने वयस्कहरुमा नोरो भाइरसको कारणले डायरिया र बान्ता गराउँछ । रोटा भाइरस खासगरी ३ वर्षमुनिका बालबालिकामा बढी प्रभाव पार्ने गर्छ । विश्वमा नै यो भाइरस पखाला र बान्ताबाट हुने बालबालिकाको मृत्युको सबैभन्दा प्रमुख कारण हो ।
संक्रमित व्यक्तिको दिसा वा बान्ता, पानी वा कुनै सतह वा सामानमा परेमा र सो खानेकुरा वा सतहमा छुँदा यो भाइरस सहजै सर्न सक्छ । यो खासगरी पार्टी, स्कुल वा नर्सिङ संस्थाहरुमा अचानक प्रकोपको रुपमा देखिन सक्छ । व्यक्तिगत सरसफाइ र सफा खानेकुरा नै यसबाट बच्ने मुख्य उपायहरु हुन् ।

टन्सिल

जाडोको समयमा टन्सिलको समस्या आमरुपमा देखिन्छ । यो ब्याक्टेरियल या भाइरस संक्रमणबाट हुन्छ । यो समस्या भएमा गलामा दुख्ने, खाना खान, बोल्नमा अप्ठ्यारो हुनुका साथै ज्वरो पनि आउन सक्छ । यसबाट बच्नको लागि यस मौसममा चिसो पेय पदार्थ तथा चिसो खानेकुरा सेवन गर्नु हुँदैन ।

दम

दमबाट पीडित बिरामीहरुको समस्या जाडोको मौसममा बढ्न सक्छ । दम एक किसिमको एलर्जिक रोग हो । रातको समयमा, चिसोबढेको बेला तथा जाडोको मौसममा एलर्जीले आक्रमण गर्ने सम्भावना बढी हुन्छ । त्यसैले दमका रोगीहरुले चिसो हावाबाट बच्नुपर्छ ।
धुलो, माटो, धुवाँ र वायु प्रदूषणबाट बच्न एकदमै जरुरी हुन्छ । दमका रोगीले आफ्नो नियमित सेवन गर्ने औषधिहरु चिकित्सकको सल्लाह बमोजिम लिनुपर्छ । आफूखुसी औषधि बीचमा छोड्नु हुँदैन र फेरी सुचारू गर्न हुदैन ।

जोर्नीको दुखाइ

जाडो मौसममा जोर्नी दुख्ने समस्या र बाथ रोग पनि धेरैलाई देखिन्छ । हाम्रो शरीरभित्रको तापक्रम र बाहिरको तापक्रम नमिल्दा जोर्नी सम्बन्धी समस्या देखा पर्छ । जाडो महिनामा बाथ रोगका बिरामी पनि धेरै देखिन्छन् । विषेशगरी वृद्धवृद्धामा जोर्नी दुख्ने समस्या बढी हुन्छ । चिसो बढेको बेला ज्वाइन्ट पेन जसलाई पनि हुन सक्छ । तर बूढाबूढीहरुको हड्डी कमजोर भएको कारण यिनीहरुलाई चिसोले बढी प्रभावित गर्छ ।
यसबाट बच्नको लागि सकेसम्म चिसो हावामा बाहिर ननिस्कने, जोर्नीहरुमा तातो सेकाइको लागि पट्टी या हट ब्यागको प्रयोग गर्नुपर्छ । सामान्य हल्का किसिमको व्यायाम नियमित गर्ने, न्यानो लुगा लगाउने, झोलिलो खानेकुरा खाने, क्याल्सियम खाने, सागपात, पोषणयुक्त खानेकुरा प्रशस्त मात्रामा खाने गर्नुपर्छ ।

ज्वरो, रुघाखोकी

जाडोमा रुघाखोकीले पनि धेरैलाई सताउँछ । यो भाइरस कुनै संक्रमित व्यक्तिले खोक्दा, हाछ्युँ गर्दा, बोल्दा, मुखबाट निस्किने पानीका शुस्म कणहरूमार्फत हावाका माध्ययमबाट एक ब्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छ । जाडो याम सुरु हुनासाथ मौसममा आउने परिवर्तनका कारण रुघाखोकीको समस्या देखिन थाल्छ । जाडोमा यसका भाइरस बढी सक्रिय हुन्छन् । यसले खासगरी बच्चा तथा बूढाबूढीलाई आक्रमण गर्छ । ज्वरो आउने, रुघा लाग्ने समस्या बेलैमा निराकरण नहुँदा निमोनियाको खतरा हुन्छ ।

निमोनिया

जाडो मौसममा निमोनियाका बिरामी धेरै देखिन्छन् । यो मौसममा खासगरी बच्चा र वृद्धवृद्धा निमोनियाको उच्च जोखिममा हुन्छन् । निमोनिया हुँदा धेरै ज्वरो आउने, थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिन्छ । फोक्सोमा संक्रमण भएपछि छाती दुख्नेर श्वासप्रश्वासमा समस्या देखिने हुन्छ । निमोनियाबाट बच्नको लागि चिसोबाट बच्ने, छाती सम्बन्धी रोगीहरुले नियमित चिकित्सकको सल्लाह लिएर उपचार गराउने, खानपान माध्यान दिने पोषण एवं भिटामिनयुक्त खानेकुरा खाने, धुम्रपान नगर्ने, गुम्सिएको कोठामा बस्नु हुँदैन ।

पिनास

पिनासले पनि चिसो मौसममा धेरैलाई दुःख दिन्छ । नाकको छेउमा हावाले भरिएको खाली ठाउँ हुन्छ । नाक भित्रको पानी चिसोका कारण बाहिर निस्कन नसकेपछि खाली ठाउँमा बस्छ । यसरी पानी भरिएपछि पिनास हुन्छ । पिनासबाट बच्नको लागि चिसोबाट बच्ने, धेरै एलर्जी हुने तत्व, धुलो, धुवाँ आदिबाट बच्ने, धुम्रपान तथा मध्यपानबाट टाढा रहनुपर्छ ।
माथि उल्लेखित लक्षणहरू कोरोना भाइरससंग मिल्दाजुल्दा छन् । तसर्थ यस जाडो मौसममा उल्लेखित कुनैपनि लक्षणसंग मिल्दाजुल्दा लक्षण देखिएमा सजक भई थप स्वस्थ्य जाँच र उपचार गराउनुहोला ।
जाडोमा देखिने यस्ता विभिन्न समस्याबाट बच्नको लागि न्यानो रहनु नै उत्तम उपाय हो । यी बाहेक जाडोको समयमा बाफ लिने, नुनपानीले कुल्ला गर्ने, संक्रमण भएको अवस्थामा तातो झोलीय तरल पदार्थ बढी मात्रामा खानुपर्छ । एक्कासी गर्मीबाट चिसोमा र चिसोबाट गर्मीमा जानु हुँदैन । जाडोको समयमा बालबालिका तथा वृद्धवृद्धाहरुको स्वास्थ्यमा विषेश ध्यान दिनुपर्छ ।

भारतमा तीन हात, तीन खुट्टा भएको बच्चा जन्मियो , अचम्म लाग्ने हेर्नुहोस भारतको बिहारस्थित गोपालगञ्जमा शुक्रबार अचम्मको

0

भारतको बिहारस्थित गोपालगञ्जमा शुक्रबार अचम्मक शिशुको जन्म भएको छ । यो बच्चा तीन हात, तीन खुट्टासहित जन्मिएको छ । यसबारे थाहा हुने बित्तिकै अस्पतालमा भीड उर्लिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ ।

मोहम्मद रहिम अलीकी ३० वर्षीया श्रीमती रबिना खातुनलाई सुत्केरी व्यथाले च्यापेपछि उनलाई सामुदायिक स्वास्थ्य केन्द्रमा भर्ना गरियो । यहाँ उनको नर्मल डेलिभरीका बेला एउटा अचम्मको बच्चाको जन्म भयो । यो बच्चाका तीन खुट्टा र हात छन् ।

सीएचसीमा ड्युटीमा तैनाथ चिकित्सक डाक्टर आफताब आलमले सिन्ड्रोमका कारण यस्तो असाधारण शिशुको जन्म भएको हो, यस्तो एक लाख केसमा देखापर्छ । डाक्टरका अनुसार परिवारका सदस्यले अल्ट्रासाउन्ड पनि गराएका थिए तर रिपोर्टमा चिकित्सकले पनि यो देख्न सकेनन् ।

जन्मेको दुई घण्टापछि पनि बच्चालाई दुध खुवाउन नसकिएपछि शिशुको स्वास्थ्य बिग्रन थाल्यो । उनलाई सदर अस्पतालस्थित एसएनसीयूमा रेफर गरियो । डाक्टर आफताबका अनुसार बच्चाको स्थिति नाजुक छ तर उनी खतराबाट बाहिर छन् ।

 

घरमा बत्ति गएर इन्टरनेट नचल्ने समस्या छ ? यसो गर्नुहोस्

0

यतिबेला नेपालमा फाइबर इन्टरनेटको विस्तार द्रुत रुपमा भइरहेको छ । यस्तोमा तपाईंले घरमा फाइबर इन्टरनेट जडान गर्नुभएको छ होला । फाइबर इन्टरनेट त कनेक्ट छ, तर जाडोयाम सुरु भएसँगै विद्युत खपत बढ्दा बत्ति आउने जाने गरिरहेको हुन्छ ।

यस्तोमा बत्ति जाने बित्तिकै इन्टरनेट पनि जाने हुँदा समस्या हुनसक्छ । हुन त कतिपय अवस्थामा राउटरमै पावर ब्याकअप पनि हुन्छ । त्यस्ता राउटरले एक घण्टाभन्दा बढिसम्म काम गर्नसक्छ । जुन नेपालको हकमा सेवाप्रदायकले प्रयोगमा ल्याएका छैनन् ।

सेवाप्रदायकबाट उपलब्ध नहुँदा सेकेन्डरी राउटरको हकमा ब्याकअप राखेर पनि काम हुँदैन । किनभने प्राइमरी राउटरमा लाइन नआउँदासम्म सेकेन्डरी राउटरले काम गर्दैन ।

त्यसैले यहाँ हामी तपाईंहरूलाई केही सहज विकल्पको विषयमा जानकारी दिँदै छौं । जसले तपाईंलाई इन्टरनेटसँग निरन्तर कनेक्ट राख्न मद्दत पुग्नेछ ।

पावर बैंक प्रयोग गर्नुहोस्
सबैभन्दा सहज उपाय भनेको तपाईंसँग भएको पावर बैंक प्रयोग गर्नु नै हो । यदि तपाइसँगै एसी प्लग सकेट युक्त पावर बैंक छ भने यो सम्भव छ । किनभने राउटरका लागि धेरै पावर आवश्यक पर्दैन । त्यो हुँदा पावर बैंकले राउटरलाई धान्न सक्छ ।

तर, त्यसका लागि राउटरमा जोडिन एसी प्लग युक्त यूएसबी केबल आवश्यक पर्छ । त्यो भएको खण्डमा पावर बैंकबाट राउटरको एसी प्लगमा कनेक्ट गराउन सकिन्छ । जुन तपाईंले बजारमा सहजै खरिद गर्न सक्नुहुनेछ । यसो गर्दा दुई तीन घण्टासम्मका लागि सहजै राउटर चल्न सक्छ ।

सानो यूपीएस खरिद गर्नुहोस्
यदि तपाईंसँग पावर बैंक छैन र राउटर निरन्तर चलाउने विकल्प खोज्दै हुनुहुन्छ भने सानो क्षमताको यूपीएस त्यसको समाधान हुनसक्छ । यूपीएसलाई थोरै समयका लागि ब्याट्री ब्याकअप दिने हुँदा यसलाई राउटरमा ब्याट्रीको रुपमा प्रयोग गर्न सकिन्छ ।

कतिपय अवस्थामा यो पावर बैंकभन्दा पनि सस्तो पर्न जान्छ । सस्तो अनि धेरै एसी प्लग हुने हुँदा यसलाई राम्रो विकल्पको रुपमा लिइन्छ ।

  • त्यतिमात्रै नभएर यूपीएसले स्वतः पावरको काम गर्ने हुँदा राउटर अफ हुने, बत्ति गएपश्चात् राउटरलाई यूएसपीमा कनेक्ट गराउनुपर्ने जस्ता झन्झट रहँदैन । यसले एकदेखि दुई घण्टाभन्दा धान्न भने सक्दैन । साथै आवाज आउने लगायतका समस्या चैं आउनसक्छ।

सुनको तथा चाँदीको मूल्य जानकरी पाउनुहोस,

0

शुक्रबार सुनको मूल्य ६ सयले बढेर ९२ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन ९२ हजार एक सयमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर तोलको १२ सय ६० रुपैयाँ तोलामा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार चाँदी १२ सय ४५ रुपैयाँमा कायम थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय १८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

काठमाडौं महानगरका विद्यालय दशैँअघि नखाेल्ने निर्णय

0

काठमाडौं महानगरपालिकाभित्रका निजी तथा सामुदायिक विद्यालय दशैँ अगाडि नखुल्ने भएका छन्। बिहीबार महानगरको शिक्षा समिति,अभिभावकलगायत सरोकारवाला निकायसँग बसेकाे बैठकले दशैँ अगाडि विद्यालयहरू नखोल्ने निर्णय गरेको हो।

नेपाल अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारीले अहिले विद्यालय सञ्चालनका लागि तयारी मात्रै गर्ने निर्णय भएको जानकारी दिए। ‘आज बसेको बैठकले दशैँ अगाडि नखोल्ने निर्णय भएको छ,अहिले तयारी गर्ने र समय अनुकूल भएका दशैँपछि मात्र खोल्न सकिने भन्ने निर्णय भएको छ,’उनले भने।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले असोज १ गतेदेखि विद्यालय सञ्चालन गर्न जिल्लाभरिका स्थानीय तहलाई अनुमति दिएको थियो। यसका लागि स्थानीय तहले आवश्यक छलफल गरी निर्णय लिनुपर्ने थियो।

त्यस्तै, विद्यालयहरूको पूर्वाधार अध्यन गरेर दशैँपछि मात्र भौतिक रूपमा विद्यालय खोल्न सकिने गरी एउटा समितिसमेत गठन गरिएको छ। समितिमा अभिभावक प्रतिनिधिसमेत ७ सदस्यीय कार्यदल गठन गरिएको छ।

 

सिंगापुर जाने सुनौलो अवसर ‘खर्च ५० हजार, तलब दुई लाख

0

सिंगापुरले ६ वर्षपछि फेरि नेपाली कामदारको माग गरेको छ। सन् २०१३ को अगस्टपछि संस्थागत रुपमा रोजगारीका लागि सिंगापुरले नेपाली कामदार लगेको थिएन। त्यतिबेला एलन इन्टरनेशनल म्यानपावर कम्पनीमार्फत् ९ नेपाली रोजगारीका लागि सिंगापुर गएका थिए।

त्यसयता व्यक्तिगत रुपमा श्रम स्वीकृति लिएर नेपाली कामदार सिंगापुर गए पनि संस्थागत रुपमा ब’न्द जस्तै भएको थियो। सिंगापुर नेपाली कामदारका लागि आकर्षक गन्तव्य भएपनि माग आउन नसक्दा त्यसको फाइदा नेपालले लिन सकेको छैन।

व्यक्तिगत रुपमा भने चालु आर्थिक वर्षभित्रै ४८ नेपाली रोजगारीका लागि सिंगापुर पुगेका छन्। यसवर्ष सिंगापुर जानेमा ३ महिला र ४५ पुरुष छन्। यसपटक हाउसकिपिङका लागि दुईसय नेपालीको माग आएको हो। सिंगापुर जाने श्रमिकसँग अधिकतम ५० हजार रुपैयाँ सेवाशुल्क लिन पाउने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्णय गरेको छ।

सिंगापुरबाट नेपाली कामदारको माग आएपछि वैदेशिक रोजगार विभागले सेवा शुःल्क निर्धारण गर्न श्रम मन्त्रालयमा पत्र पठाएको थियो। श्रम मन्त्रालयले बढीमा ५० हजार रुपैयाँ लिन पाउने निर्णय गरेको हो। म्यानपावर कम्पनीले त्यहाँ जाने श्रमिकले २ हजार ३ सय सिंगापुर डलर (एक लाख ८६ हजार रुपैयाँ) तलब पाउने गरी फाइल पेश गरेको छ।

वैदेशिक रोजगार विभागको ताहाचल कार्यालयले चार दिनअघि कन्टिनेन्टल ह्युमन रिसोर्स प्रालिलाई एक सय जनाको पूर्वस्वीकृति दिएको छ। कार्यालयका निर्देशक सुरेश जोशीले म्यानपावर कम्पनीले दुई महिना पहिले नै पूर्वस्वीकृतिका लागि फाइल पेश गरेको भए पनि सेवाशुल्क लगायतका विषय टुंगो लगाउँदा ढिला भएको बताए।

विभागले पहिलो चरणमा एक सय कामदारका लागि स्वीकृति दिएको छ। एकैपटक सबै कामदार पठाउन स्वीकृति दिँदा भोलि त्यहाँ पुगिसकेपछि समस्या भोग्नुपर्ने हो कि भनेर पहिलो चरणमा आधालाई मात्रै स्वीकृति प्रदान गरिएको निर्देशक जोशीले बताए।
एक सय कामदार पठाइसकेपछि उनीहरुको अवस्था हेरेर बाँकी श्रमिक पठाउन श्रम स्वीकृति दिने कि नदिने भनेर निर्णय गर्ने विभागको तयारी छ।

पूर्व स्वीकृतिसँगै अब म्यानपावर कम्पनीले कामदार माग गर्दै विज्ञापन गर्नेछ। त्यसपछि कामदार छनौट गरेर, भिसा लगायतका प्रक्रिया पूरा गर्दै अन्तिम श्रम स्वीकृतिका लागि आवेदन दिनेछ। म्यानपावर कम्पनीले आगामी जनवरीसम्ममा कामदार पठाइसक्नुपर्छ।

सिंगापुर रोजगारीका लागि आकर्षक गन्तव्य भएपनि संस्थागत रुपमा मागपत्र ल्याउन व्यवसायीले नसकेका हुन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव नरेश गेलालले सरकारले नयाँ गन्तव्य खोज्न समिति गठन गरे पनि समितिले काम गर्न नसकेको बताए। यस्ता देशमा नेपाली कामदारको कोटा बढाउन राज्यले सहजीकरण गर्नुपर्ने व्यवसायीको माग छ।

सिंगापुरले ६ वर्षपछि फेरि नेपाली कामदारको माग गरेको छ। सन् २०१३ को अगस्टपछि संस्थागत रुपमा रोजगारीका लागि सिंगापुरले नेपाली कामदार लगेको थिएन। त्यतिबेला एलन इन्टरनेशनल म्यानपावर कम्पनीमार्फत् ९ नेपाली रोजगारीका लागि सिंगापुर गएका थिए।

त्यसयता व्यक्तिगत रुपमा श्रम स्वीकृति लिएर नेपाली कामदार सिंगापुर गए पनि संस्थागत रुपमा ब’न्द जस्तै भएको थियो। सिंगापुर नेपाली कामदारका लागि आकर्षक गन्तव्य भएपनि माग आउन नसक्दा त्यसको फाइदा नेपालले लिन सकेको छैन।

व्यक्तिगत रुपमा भने चालु आर्थिक वर्षभित्रै ४८ नेपाली रोजगारीका लागि सिंगापुर पुगेका छन्। यसवर्ष सिंगापुर जानेमा ३ महिला र ४५ पुरुष छन्। यसपटक हाउसकिपिङका लागि दुईसय नेपालीको माग आएको हो। सिंगापुर जाने श्रमिकसँग अधिकतम ५० हजार रुपैयाँ सेवाशुल्क लिन पाउने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्णय गरेको छ।

सिंगापुरबाट नेपाली कामदारको माग आएपछि वैदेशिक रोजगार विभागले सेवा शुःल्क निर्धारण गर्न श्रम मन्त्रालयमा पत्र पठाएको थियो। श्रम मन्त्रालयले बढीमा ५० हजार रुपैयाँ लिन पाउने निर्णय गरेको हो। म्यानपावर कम्पनीले त्यहाँ जाने श्रमिकले २ हजार ३ सय सिंगापुर डलर (एक लाख ८६ हजार रुपैयाँ) तलब पाउने गरी फाइल पेश गरेको छ।

वैदेशिक रोजगार विभागको ताहाचल कार्यालयले चार दिनअघि कन्टिनेन्टल ह्युमन रिसोर्स प्रालिलाई एक सय जनाको पूर्वस्वीकृति दिएको छ। कार्यालयका निर्देशक सुरेश जोशीले म्यानपावर कम्पनीले दुई महिना पहिले नै पूर्वस्वीकृतिका लागि फाइल पेश गरेको भए पनि सेवाशुल्क लगायतका विषय टुंगो लगाउँदा ढिला भएको बताए।

विभागले पहिलो चरणमा एक सय कामदारका लागि स्वीकृति दिएको छ। एकैपटक सबै कामदार पठाउन स्वीकृति दिँदा भोलि त्यहाँ पुगिसकेपछि समस्या भोग्नुपर्ने हो कि भनेर पहिलो चरणमा आधालाई मात्रै स्वीकृति प्रदान गरिएको निर्देशक जोशीले बताए।
एक सय कामदार पठाइसकेपछि उनीहरुको अवस्था हेरेर बाँकी श्रमिक पठाउन श्रम स्वीकृति दिने कि नदिने भनेर निर्णय गर्ने विभागको तयारी छ।

पूर्व स्वीकृतिसँगै अब म्यानपावर कम्पनीले कामदार माग गर्दै विज्ञापन गर्नेछ। त्यसपछि कामदार छनौट गरेर, भिसा लगायतका प्रक्रिया पूरा गर्दै अन्तिम श्रम स्वीकृतिका लागि आवेदन दिनेछ। म्यानपावर कम्पनीले आगामी जनवरीसम्ममा कामदार पठाइसक्नुपर्छ।

सिंगापुर रोजगारीका लागि आकर्षक गन्तव्य भएपनि संस्थागत रुपमा मागपत्र ल्याउन व्यवसायीले नसकेका हुन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव नरेश गेलालले सरकारले नयाँ गन्तव्य खोज्न समिति गठन गरे पनि समितिले काम गर्न नसकेको बताए। यस्ता देशमा नेपाली कामदारको कोटा बढाउन राज्यले सहजीकरण गर्नुपर्ने व्यवसायीको माग छ।

 

सस्तियो कुखुराको मासुको मूल्य, कति पुग्यो

0

नेपाली बजारमा ब्रोइलर कुखुराको मासुको मूल्य घट्न थालेको छ । बजारमा उत्पादन बढेपछि मूल्य घट्न लागेको कुखुरा बिक्री व्यवसायी संघले जानकारी दिएको छ ।

संघका अनुसार हाल बजारमा कुखुराको तयारी मासुको मूल्य प्रतिकिलो ३१० रुपैयाँमा आइपुगेको छ । यसअघि, कुखुराको मासुको मूल्य प्रतिकिलो ३६० रुपैयाँदेखि ३८० रुपैयाँसम्म थियो ।

संघले उत्पादन बढेपछि मूल्य घट्न थालेको बताएको छ । मूल्य घट्न थालेपछि किसानले जिउँदो कुखुराको मूल्य प्रतिकिलो २२० रुपैयाँ पाउन थालेका छन् ।

यस्तै, हाल कुखुराको मासुको होलसेल मूल्य २८० रुपैयाँमा आइपुगेको संघले बताएको छ । यसअघि, को’भिड–१९ महा’मारीका कारण उत्पादन घट्दा मूल्य आकासिएको थियो ।

 

आज हेर्नुहोस कस्तो छ तपाईंको भाग्य र पाथिभरा माताको दर्शन गरौ, आज ३१ भाद्र २०७८ बिहिवार को राशिफल हेर्नुहोस

0

आज – ३१ भाद्र २०७८ बिहिवार को राशिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज शुभकार्यमा मन जानेछ । लामो समयपछि आफन्तसँग भेटघाट हुनेछ । शुभ कार्यमा सरिक भइनेछ र शुभ समाचारले मन पनि प्रसन्न रहनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । समाजसेवामा मन लाग्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ, तर स्वास्थ्यमा सजगता अपनाउनु पर्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज शुभकार्यको चर्चा चल्नेछ । रमणीय र सुखद् यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कला, साहित्यमा रुचि बढ्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । घरजग्गाको कारोबारमा सफलता मिल्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) विपरीत वर्षप्रति आकर्षण बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । आर्थिक कारोबारमा सफलता पाइएला ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज मनमा दुबिधा उत्पन्न हुनेछ अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । सरकारी निकायको भय रहनेछ, आफन्तले पनि सकेको सहयोग गर्नेछन् ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लगनशीलताले कामहरू पनि अगाडि बढ्नेछन् ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भूमिबाट लाभ रहनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रोकिएको धन हात पर्ला । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज सहकर्मीबाट विरोध आउन सक्छ । गलत निर्णय लिन पुगिएला । यात्रामा मालसामान पनि हराउन सक्छ । चोटपटकको भय छ सचेत रहनुहोला ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । शिक्षामा सफलता मिल्नेछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ ।

 

भीम रावलले दिए ओलीलाई चुनौती किन दिए चुनौती

0

शर्मा ओलीविरोधी समूह सुदुरपश्चिममा बलियो स्थितिमा थियो । देशभरका प्रदेशमध्ये सुदूरपश्चिममा मात्र ओलीविरोधी समूह बलियो थियो । एमाले फुटेर नेकपा एस बन्दा रावल पार्टी छाड्न तयार भएनन् । तर, रावलले माधव नेपालको साथ छाडेपनि धेरै उनीनिकटस्थले माधव नेपाललाई नै साथ दिए । कतिपय प्रदेशमा मन्त्री बन्न सफल भए ।

सुदूरपश्चिममा रावलका कारण माधव नेपाल बलियो भए । तर, अहिले रावल नै कमजोर देखिएका छन् । एमाले सुदूरपश्चिममा पहिलो ठूलो दलबाट झरेर चौंथो स्थानमा पुगेको छ । नेकपा एस सबैभन्दा ठूलो दल बनेको छ । त्यसपछि माओवादी र काँग्रेस छन् । यसले रावललाई धक्का पुगेको छ ।

एमालेमा रावल उपाध्यक्ष छन् । तर, सुदूरपश्चिम प्रदेशको इञ्चार्जमा लेखराज भट्ट कायम रहेको ओलीको निर्णय छ । त्यसलाई उनी मान्न तयार छैनन् । १० बुँदे सहमति हुबहु कार्यान्वयनमा जोड दिदै २ जेठ २०७५ को अवस्थामा पार्टी संरचना कायम राख्ने भनिएकाले आफू नै इञ्चार्ज रहेको रावलको दाबी छ । उनले मङ्गलबार धनगढी पुगेर आफू नै इञ्चार्ज भएको बताए । ओलीलाई गृहक्षेत्रबाट चुनौती दिए ।

रावलले पेलेर जान खोजे कडा रुपमा प्रस्तुत हुने समेत बताए । उनले पेलाई मान्य नहुने भन्दै आफू विभाजनसँगै पेलाईको विरुद्ध संघर्षमा रहेको बताए । यसले एमालेभित्र ओली र रावलबीच नयाँ द्वन्द्व चलेको छ ।